एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २३ :
भाष्कर एन्ड भाष्कर ईन्टरप्राइजेज प्रा.लि.ले जनकपुरधाममा जावा मोटरसाइकल शो रुम सञ्चालनमा ल्याएको छ । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइक प्रा. लि. अन्तर्गतको यो कम्पनीले सोमबार नयाँ डिलर जावा मोटरसाइकलको शोरूम जनकपुरधामको थापाचौकमा सञ्चालनमा ल्याएको हो ।

इन्टरप्राईजेजका प्रबन्ध निर्देशक विनय मनि शर्माको आमा माया देवी र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले सामूहिक रूपमा शोरुमको उद्घाटन गरेका छन् । कार्यक्रममा अग्नि मोटोइक प्रा. लि. का सेल्स हेड प्रत्युष श्रेष्ठ लगायत सहभागी थिए ।