एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २१ : अव जनकपुरधामको अस्पताल रोडमै पनि सिटि स्क्यानको सेवा उपलब्ध भएको छ । रामानन्दचौक र प्रादेशिक अस्पतालको बिचमा अस्पताल रोडमै रहेको एडभान्स सिटी स्क्यान एण्ड डायग्नोष्टिक सेन्टरको शनिवार एक समारोहका बिच मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले समुदघाटन गरेका छन् ।
जनकपुरधामका दक्ष र अनुभवी चिकित्सहरुको समुहले सञ्चालनमा ल्याएको सो सिटि स्कयान सेवा अति आधुनिक रहेकाले अन्य भन्दा विशिष्ठ सेवा यहाँ उपलब्ध हुने चिकित्सक बताउछन् । डायग्नोशिसमा यो मेसिन एकदमै आधुनिक र लेटेष्ट रहेको उनीहरुको तर्क छ ।
सिटि स्क्यानको सञ्चालन जनकपुरधामका चारजना रेडियोलोष्टिहरु डा.शम्भु कुमार साह, डा. जितेन्द्र मण्डल, डा. अर्पणा साह र डा शम्भु कुमार साह रहेका छन् । सेवा शुल्क समेत सरकारी अस्पतालकै हाराहारीमा रहेको र महङ्ग नभएको उनीहरुको सञ्चालकको दावी छ ।
