एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ :
बजाज बाइकको शोरुम महोतरीको गौशालामा पनि सञ्चालनमा आएको छ । सोमवार एक समारोहका बिच गौशालाका समाजसेवी लक्ष्मी महतोले निगौल चौक देखि गौशाला बजार जाने बाटोमा शो रुमको समुदघाटन गरेका छन् ।

कार्यक्रममा समाजसेवी महतो र उद्योग बाणिज्य संघ गौशालाका अध्यक्ष रामराजा प्रसाद साहले गौशालामा लगानी गर्न आउने व्यापारीहरुको साहासलाई सम्मान गर्दै उद्योगीहरुलाई सुरक्षा र सहयोग गर्नुपर्ने बताएका थिए । शो रुमका सञ्चालक राजजानकी अटो प्रा.लीका सञ्चालक प्रमोद कुमार साहले स्थानियहरुकै गुनासोका आधारमा आफुले गौशालामा शो रुम सञ्चालनमा ल्याएको भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।

उनले हरेक दिन एक सय बाइक विक्रि भएकोमा बजाजकै मात्र ४५ विक्रि हुने गरेको तथ्याङ्क सुनाउदै बजाज विश्वासिलो बनेको बताए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण र इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख क्रमश प्रदिप कुमार मिश्र र विष्णु प्रदिप बस्याल सहितको उपस्थिती थियो । समुदघाटनका दिन बाइक किन्ने ग्राहकलाई ३२ इन्चको कलर टिभी उपहारको रुपमा प्रदान गरिएको छ ।