एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १४ : जनकपुरधाममा शनिवार आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । ‘रक्तदान नै जीवन दान’ नाराका साथ लायन्स क्लव अफ जनकपुरधाम र धनुषा जनकपुर लियो क्लवको संयुक्त आयोजनामा जानकी मन्दिर प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा कुल ४० जनाले रक्तदान गरेका हुन ।
मधेश स्वास्थ विज्ञान प्रतिस्ठानका उपकुलपतिको लायन डा.रामकेवल साहको विशेष उपस्थितिका साथै लायन्स क्लव अफ जनकपुरधामको अध्यक्ष लायन राजदिप चौधरी र धनुषा जनकपुर लियो क्लवको अध्यक्ष लियो आकाश साहको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा रक्तदान गरिएको छ ।
कार्यक्रममा लायन्स क्लव अफ जनकपुरधामका पुर्व अध्यक्ष लायन निर्मल सिंघानिया, पुर्व अध्यक्षहरु लायन हरि राउत, लायन प्रभात साह, निर्वतमान अध्यक्ष लायन ऋषिकेश साह, प्रथम उपाध्यक्ष लायन गोपाल साह, दोस्रो उपाध्यक्ष लायन रमन प्रसाद साह, सदस्य लायन डा.राजेश साह, सदस्य लायन रामजिबन साह लगायत लियोइहरुको उपस्थिति रहेकोे थियो ।