एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ वेंगा शिवपुर स्थित ५२ बिघघा जनक दरबारमा भब्य श्री महाविर जीको झन्डा मेला सुरु भएको छ । झन्डा मेला शुभारम्भको अवसरमा बुधवार जनकपुरधामको एतिहाँसिक गंगासागर तलाउबाट कलश यात्रा निकालिएको छ ।
झन्डा मेलामा नेपाल भारतको पहलमान सहभागि पहलमानी, झरी, सांस्कृतीक कार्यक्रमहरुको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलामा भब्य झन्डाको स्थापना गरिएको बताउदै आयोजकले फागुन ९ गते सम्म आयोजना हुने मेलामा सहभागिताका लागि अनुरोध गरेको छ ।