एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ : लक्ष्मीनियाँ गाँउपालिकाको वडा नं. १ सहोनी स्थित श्री सोनामाई युवा क्लवको पहिलो तल्लाको भवन समुदघाटन गरिएको छ । बुधवार आयोजित एक समारोहका बिच समाजसेवी बलराम महतोले क्लवको निर्माण भएको पहिलो तल्ला भवनको समुदघाटन गरेका छन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी महतोले २०४९ सालमै स्थापित क्लवले समाजमा खेलकुद, अनुशासन र शिक्षाको क्षेत्रमा काम गर्नुपर्ने बताएका थिए । वडा अध्यक्ष दिलिप कुमार यादवले क्लवमा पुस्तकालयको स्थापना गरिदिने घोषणाको प्रशंसा गर्दै उनले आफनो सहयोगमा निर्माण गरिएको सो भवनमा अझै वाँकी रहेको भ¥याङ्गको वाँकी काम, स्टीलको रेलिङ्ग र छतको सुरक्षा घेरा सहितको काम थप आफनो सहयोगमा पुरा गरिदिने घोषणा समेत गरेका छन् ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष यादव र क्लवका वर्तमान र पुर्व अध्यक्षहरुले क्लवको इतिहाँस पुरानो रहेको र अव काम गरेर देखाउनु पर्ने समय आएको बताए । कार्यक्रममा क्लवको जग्गा दाता तथा पुर्व अध्यक्ष भोला मण्डल, वर्तमान अध्यक्ष ई राम किशोर पटेल, पुर्व अध्यक्षहरु सत्यनारायण मण्डल, हरिनारायण साह, हँसपुर नगरपालिकाका अधिकृत रामरोशन मण्डल, रमन कन्ष्ट्रक्शनका मदन परियार सहित सोहनीका भद्र भलादमी युवाहरुको उपस्थिती थियो ।