एसपी रिपोर्टर
जनकपुरधाम, माघ २९ : जनकपुरधाम जेसिजको एलओएम अफिसर्स ट्रेनिङ जनकपुरधाममा सम्पन्न भएको छ । जनकपुर जेसीसका नयाँ पदाधिकारीहरूलाई प्रभावकारी रुपमा जिम्मेवारी पूरा गर्न सहयोग पुग्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको जनकपुरधाम जेसिजले जनाएको छ ।
तालिमका प्रशिक्षकहरूले जेसीहरूको महत्व, उसले गर्ने कार्य र त्यसको प्रभाव लगायत विषयमा जानकारी दिएका छन् । यस्तो तालिमले उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्ने पनि विश्वास लिइएको छ । कार्यक्रममा जनकपुर जेसीस वर्ष २०१२ का शाखा अध्यक्ष जेसी विजयकुमार साह, पुर्ब अध्यक्ष शंकर प्रसाद साह, प्रशिक्षक जनकपुर जेसीज वर्ष २०२० का शाखा अध्यक्ष एवम् वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष जेसी गौतमकुमार साह, जनकपुर जेसीज २०२२ का अध्यक्ष राजकुमार साह, जेसी दिपक यादव लगायतको सहभागीता रहेको थियो ।