एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ :
जनकपुरधामस्थित पसलमा चोरी भएको छ । मंगलबार राति भानु चौकस्थित विजय जेनरल स्पलायर्समा चोरी भएको हो । पसलबाट ग्याँस, चुल्होलगायत सामान चोरी भएको पसल सञ्चालक रामस्वगारथ पण्डितले बताए । करिब तीन लाखको सामान चोरी भएको पनि उनले जानकारी दिएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।