एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : जनकपुरधाममा थप एक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । रामानन्दचौक स्थित छाला तथा यौन रोग विशेषज्ञ डा. रामज्ञान यादवको क्लिनीक परिषर भित्रै ज्योती आँखा अस्पताल सञ्चालनमा आएको छ ।
भारतको पी.जी.आई., चंदीगढ़ बाट एम.डी. तथा जापानबाट अकुलोप्लास्टि फेलोसिप ट्रेनिंग गरिसकेका बरिष्ठ नेत्ररोग बिशेसज्ञ तथा अकुलोप्लास्टिक सर्जन डा. सबिन साहुद्वारा अस्पताल सञ्चालनमा ल्याएको छ ।
डा. साहु सगरमाथा चौधरी आँखा अस्पताल लहानमा समेत साढे पाँच वर्ष काम गरिसकेका छन् । अस्पतालले जनकपुरमै पहिलो पटक बिशेसज्ञ अकुलोप्लास्टी सर्जनको सेवा समेत दिने अस्पतालले जनाएको छ ।