एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ : मधेश प्रदेशको प्रदेशसभा सदस्य तथा लोसपाका सचेतक परमेश्वर साहले जनकपुरधाम राजधानी बनाउन पाएको खुसी व्यक्त गर्दै अब स्मृद्वि र विकासका लागि अगाडि बढनु पर्ने बताएका छन् ।
मंगलवार जनकपुरधाम स्थित श्री गणेश युवा कमिटिको सम्मान ग्रहण गर्दै जनकपुरधाम क्षेत्रबाट प्रदेश सांसदमा समेत निर्वाचित साहले राजधानी भइसकेपछि जनकपुरधाममा सबैको अपनत्व हुने किशिमको व्यवहार र आचरण आवयश्क रहेको बताउदै अव विकास र स्मृद्विका लागि काम गनुपर्ने बताए ।
कमिटिले मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रस्तावको प्रस्ताव समेत रहेको र प्रस्ताव दुई तिहाई भन्दा बढी मतले पारित भएपछि साहलाई सम्मान गरेको हो । साथै सोहि अवसरमा उपस्थित लोसपाका धनुषा उपाध्यक्ष प्रमोद यादव र सचिव जिवेन्द्र झालाई समेत सम्मान गरेको थियो । कार्यक्रममा कमिटिका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष सुरेन्द्र भण्डारी, सन्तोष साह, राजेश भण्डारी सहितको सहभागिता थियो ।