एसपी रिपोर्टर
जनकपुरधाम, माघ २ :
धनुषाको रघुनाथपुर स्थित इन्टरनेशनल चिल्ड्रेन अंग्रेजी आवासीय विद्यालयले आफनो २१ औं वार्षिकोत्सव मनाएको छ । सप्ताहव्यापी अतिरिक्त क्रियाकलापको आयोजना गरि विद्यालयले आफनो स्थापनाको २० वर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको प्रिन्सिपल दिगम्वर महतोले बताए ।

विद्यालयका संस्थापक सुरेन्द्र महतोको अध्यक्षता तथा सवैला नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष प्रदिप महतोको विशेष उपस्थितीमा विद्यालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धामा प्रथम, दृतिय तथा तृतिय भएका हरेक कक्षाका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ भने पुर्व विद्यार्थीहरुलाई समेत सोहि समारोहका बिच सम्मान समेत गरिएको थियो ।

पिजी देखि कक्षा सात सम्म पढाई हुने विद्यालयले सोहि अवसरमा आफना शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई समेत सम्मानित गरेको प्रिन्सिपल महतोले जानकारी गराए । कबड्डी, म्याराथन, हाइजम्प, लंगजम्प, हाजरिजवाफ प्रतियोगिता सहितको खेल तथा प्रतिस्पर्धा गराइएको छ ।