एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ :
जनकपुरधाम उमहानगरपालिकाको वडा नं. १ मा चिसो प्रभावितलाई न्यानो कम्वल वितरण गरिएको छ । वडामा एक समारोहको आयोजना गरि वडा अध्यक्ष सत्रुधन प्रसाद साहले करिव २ सय जनालाई कम्वल वितरण गरेका हुन । वडा अध्यक्ष साहका अनुसार स्थानिय कमलेश मण्डल, चन्द्रशेखर अग्रवाल, किशन दिक्षित र चन्द्रनारायण मण्डलको सहयोगमा कम्वल वितरण गरिएको छ ।

साथै छुटेकाहरुलाई पुष ३० गते श्री गणेश युवा किमिटीमा हुने समारोहका दिन उपलब्ध गराउने समेत उनले बताए । वक्ताहरुले चिसो प्रभावितहरुका लागि तिनै तहको सरकारले सोच्नु पर्नेमा दाताहरु अगाडि आउनु पनि खुसी र समाजिक उतरदायित्वको विषय भएको बताए ।