एसपी रिपोर्टर
जनकपुरधाम, पुष २६ : जनकपुरधामस्थित मोनास्टिक स्कुलले विभिन्न कार्यक्रम गरी ३६ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले आइतबार र सोमवार वार्षिकोत्सवको अवसरमा अभिभावकहरु समेतको यपस्थितीमा विभिन्न कक्षागत सांस्कृतीक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुको प्रतिभा उजागर गर्नुका साथै अभिभावकहरुलाई बालबालिकाको प्रतिभा अवलोकनको अवसर समेत प्रदान गरेको छ ।
कार्यक्रममा गायक तथा संगितकार सुनिल मल्लिक सहितकाले विद्यार्थीहरुको नृत्य, नाटक सहितको कला अवलोकन गरेका थिए । विद्यार्थीहरुको सर्वाङ्गीक विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको विद्यालयका प्रबन्ध निर्देशक डा. सोनुकुमार साहले बताए ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिति थियो । सोहि अवसरमा यस अघि शनिवार भएको रक्तदान कार्यक्रममा ३८ जना रक्तादाताले रक्तदान गरेका थिए । शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी सहितकाले रक्तदान गरेको विद्यालयका प्रबन्ध निर्देशक डा. साहले जानकारी दिए ।