एसपी रिपोर्टर
जनकपुरधाम, पुष २२ : जनकपुरधाम स्थित मारवाडी सेवा समितिको अध्यक्षमा निर्मल चौधरी सर्वसम्मत चयन भएका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघ, जनकपुर जेसिज सहितका समाजिक र संगठनात्मक संस्थाहरुको नेतृत्व गरिसकेका चौधरी मारवाडी समुदायको समेत विभिन्न गतिविधीमा सक्रियताका साथ अगुवाई गर्दै आएका छन् ।
उनी नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय समिति सदस्य समेत रहि सकेका छन् । नेपाली कांग्रेसको राजतिनिक विचारधारा अंगालेका चौधरी जनकपुरधामका चर्चित अनुहार मध्येका एक हुन । माघ १५ गतेका लागि सारिएको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा उनी नेपाली कांग्रेस धनुषाको सचिव पदका आकांक्षी समेत रहेको चर्चा चलिरहेको छ ।


