एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १७ :
धनुषामा विभिन्न समयमा बरामद् गरिएका पटाका प्रहरीले नष्ट गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट हालसम्म बरामद गरिएका पटाका जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको हो । बुधबार प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतको उपस्थितिमा पटाका नष्ट गरिएको छ ।

भारतबाट अबैध रूपमा ल्याइएका प्रतिबन्धित पटाकाहरू नष्ट गरिएको डीएसपी तथा धनुषा प्रहरी प्रवक्ता बस्नेतले जानकारी गराए । नष्ट गरिएका पटाका करिब डेढ लाखको रहेको पनि उनको भनाई छ । धनुषा प्रहरी प्रत्येक वर्ष पत्रकारलाई बोलाएर यसरीनै केहि मात्रामा पटाकाहरु नष्ट गर्ने गरेका छन् ।