एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३१ : सबैला वडा नं. १३ का कर्मचारीहरुलाई सम्मान गरिएको छ । वडाका लोसपा नेता राजकुमार साह राजुको अगुवाईमा वडाबाट नेपाल सरकारको जागरि प्राप्त कर्मचारी तथा अवकाश प्राप्त पुर्व कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

फकिरचन्द गामी उच्च मा.वी. बरकुर्वाका पुर्व प्रधानाध्यापक बेचन साहको अध्यक्षतामा भएको कार्यक्रममा लोसपा नेता साहले करिव तिन दर्जन कर्मचारी तथा बुद्विजिवीहरुलाई सम्मान गरेका छन् । साहले भने, ‘ग्रामिण भेगमा सरकारी सेवामा सेवारत वा अवकाश पाएकाहरुलाई सम्मान गर्ने परिपाटीले सदाचार र राम्रो काम गर्ने प्रेरणा मिल्ने छ ।’
