एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : शहीदनगर नगरपालिकाको यदुकुहा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे मेशिन जडान भएको छ । नगरपालिकाका प्रमुख उदय कुमार बरबरिया यादबले एक थान भिडियो एक्सरे मेशिन पूरा सेट सहित र १ थान ईसिजी सेट स्वास्थ्य शाखालाई प्रदान गरेको छ ।
निमित प्रमुख सुमन मन्डल, संजित प्रसाद यादबलाई सो उपकरण हस्तान्तरण गरिएको मेयर यादवले बताए । शहिदनगरमा केहि दिन पुर्व मात्र आकस्मिक सेवा सञ्चालनमा आए लगतै तिन हप्ता भित्रै विभिन्न औजार, उपकरण आपूर्ति र व्यवस्थापन गर्ने काम भइरहेको छ । शहिदनगरलाई सक्दो आत्मनिर्भर र स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विकास गर्न आफु लागि परेको उनको तर्क छ ।
यस अघि निजामती सेवा दिवसको अवसरमा शहिदनगर नगरपालिकाले आफना कर्मचारीलाई सम्मान र पुरस्कृत गर्दै ब्यवसायिक र सृजनशिल प्रशासन, बिकास, समृद्ध र सुशासनm सेवाग्राहीको सम्मान र सेवा हाम्रो नगरको निष्ठा र भावना नाराका साथ विशेष कार्यक्रम गरिएको थियो ।