एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : लवकुश जन्मोत्सवको अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नेपाल कुशवाहा कल्याण समाजले रक्तदान कार्यक्रम गरेको छ । नगरपालिकाको वडा नं. २ लखनपुरमा आयोजित रक्तदान कार्यक्रममा कुल ४० जनाले रक्तदान गरेको बताइएको छ ।
साथै सोहि अवसर पारेर सरोज कुमार महतोको अध्यक्षतामा समाजको नगर स्तरीय कमिटी समेत गठन गरिएको छ । रक्तदान जिवनदान भएकाले ग्रामिण भेगका जनतामा पनि रक्तदान जस्तो समाजसेवा जिवनदानको कार्यलाई प्रभावकारी बनाउन कार्यक्रम गरिएको नव नगर अध्यक्ष महतोले बताए । कार्यक्रममा रक्तदान गरेकाहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।