एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : धनुषामा सशस्त्र प्रहरीका जवान चढेको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते एकजनाको काठमाण्डौं मेडिसिटी हस्पिटलमा उपचार भइरहेको भएपनि प्रहरीहरुलाई कुनै चासो छैन । शनिवार विहान धनुषाको शहिदनगरपालिकाको यदुकोहामा मर्निङ्गवाक गर्ने क्रममा स्थानिय सशस्त्र प्रहरीका घुमुवा घुमुआ सन्दिप यादव सवार मोटरसाइकलले नगरपालिकाको वडा नं. ३ यदुकोहा निवासी ६३ वर्षिय शिवशंकर महथा गम्भिर घाइते भएका थिए ।

घाइते महथालाई तत्कालै जनकपुरधाम स्थित जानकी हेल्थ केयर एण्ड रिसर्च हस्पिटलमा भर्ना गरिएपनि उनको उपचार यहाँ सम्भव नभएपछि हेलिकप्टर मगाएर काठमाण्डौंको मेडिसीटी हस्पिटलमा भर्ना गरिएको छ । घाइते महथाको परिवारजनका अनुसार उनको मष्तिसकमा फयाक्चर देखिएको छ भने किडनी र फोक्सोमा समते चोट लागेको छ साथै दाया खुट्टा फयाक्चर भएर स्टिल जडान गरिएको छ ।
आइसीयुमा भर्ना गरि मस्तिक्सको शल्यक्रिया भइरहेको भएपनि प्रहरी जवान यादव र सहित उनी कार्यरत प्रहरी पोष्टले कुनै चासो देखाएका छैनन । प्रहरी जवान सवार मोटरसाइकलले दुर्घटनामा परि गम्भिर घाइते रहेकाको अवस्था समेत बुझन प्रहरीले नचाहेको प्रति पिडित परिवार दुःख व्यक्त गरेका छन् । विरामी अझै कोमामा रहेको बताइएको छ ।