एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : जनकपुरधाम स्थित युवाहरुको चर्चित क्लव श्री महावीर युवा कमिटिका उम्मेदवारहरु प्रचार प्रसार तिब्र बनाएका छन् । यसै क्रममा कमिटिको अध्यक्ष पदका चार प्रत्यासी मध्ये प्रदिप कुमार भगतले पत्रकार सम्मेलन गरि आफनो विगत २० वर्षको लगानीका कारण अध्यक्ष पदमा उम्मेदवार बनेको बताएका छन् ।
विगतमा मैले गरेको काम र सक्रियताकै कारण सदस्यहरुले महासचिव सम्मको जिम्मेवारी दिएको बताउदै गतले यसपालि अध्यक्षमा पनि आफु शानदार मतले विजयी हुने विश्वास व्यक्त गरेका छन् । उनले कमिटिको मुख्य जिम्मेवारी माता श्री राजदेवीको पुजा, मन्दिर व्यवस्थापन, सौन्दर्यकरण, विकास विस्तारका साथै कमिटिमा आवद्व युवाहरुका लागि दक्षता अभिवृद्विका तालिम सहितका अतिरिक्त क्रियाकलाप समेतको आयोजना गर्ने योजना सुनाएका छन् ।
उनी जनकपुरधाम स्थित शोभा कम्प्युटरका सञ्चालक समेत हुन । अध्यक्षमा चारजना सहित शनिवार नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा विभिन्न ११ पदका लागि कुल २७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।


