एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ८ :
जनकपुरधामस्थित महावीर युवा कमिटीको यही भदौ १२ गते शनिबारका दिन हुन लागेको निर्वाचनमा विकास कुमार साह (विक्की) सचिव पदका लागि चुनावी मैदानमा उत्रेका छन् । विक्कीले यहाँका युवाहरुको चौतर्फि विकासका साथै कमिटीको सामाजिक सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ आफूले सचिव पदमा उम्मेदवारी दिएको बताए ।

उनले आफू निर्वाचित भए कमिटीलाई स्वास्थ्य, शिक्षा तथा खेलकुदको क्षेत्रमा अझ प्रभावकारी बनाउन आजिवन लागिरहने प्रतिबद्धता समेत जनाए । महावीर युवा कमिटीमा पछिल्ला वर्षहरुमा स्वास्थ्यको क्षेत्रमा कुनै काम हुन नसकेकोले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य नै रहेको विक्कीको भनाइ छ ।

उनले भने,‘महावीर युवा कमिटीको सामाजिक सेवाको दायरा बढाउँदै म आजिवन रुपले त्यहाँ एउटा निःशूल्क स्वास्थ्य शिविर चलाउन चाहन्छु । सम्बन्धित निकायसँग काँधमा काँध थापेर निरन्तर सेवा भावले काम गर्नेछु ।’ विगत ७ वर्षदेखि कमिटीसँग आबद्ध विक्कीले दशैंका बेला विभिन्न समिति÷उपसमितिको संयोजकको सफल भूमिका निर्वाह गरिसकेका छन । उनले कमिटीको नेतृत्व तहमा पुगेर आफू यहाँका सम्पूर्ण युवाहरुको हकहितका लागि दिनरात मिहनेत गर्ने बताउँदै सबै मतदाताले आफूलाई साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा गराउन कृपया मलाई भारी बहुमतले विजयी बनाउनुहोला । नेतृत्व तहमा पुगेपछि सबैको हकहितका लागि निरन्तर मिहनेत गर्नेछु ।’ महावीरको सचिव पदका लागि त्रिदेव कुमार साह र विकास कुमार साह (विक्की) चुनावी प्रतिस्पर्धामा छन् । दुबैजना अहिले आ–आफ्नो प्रचारप्रसारमा व्यस्त देखिएका छन् । कमिटीमा ४ सय २८ जना सदस्यहरु आवद्ध रहेका छन् ।