एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : जनकपुरधामको पुलचौक देखि कोल्डस्टोर सम्मको सडकमा आवतजाबतमा अत्यन्तै कठिनाई भएपनि सम्बन्धित निकाय मौन देखिएपछि युवाहरु जागेका छन् । स्थानिय युवाहरुको समुहले जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १ कार्यालय, उपमहानगरपालिकाको कार्यपालिकाका कार्यालय, सिडिओ कार्यालय, हुलाकी राजमार्ग आयोजनाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदै पुलचौकको जिर्ण सडक तुरन्त निर्माण गर्न चेतावनी दिएका छन् ।
ध्यानाकर्षण पत्र बुझाउने टोलीका अगुवा पुलचौक युवा क्लवका उपाध्यक्ष किशन साहका अनुसार उनीहरु प्रदेश २ को भौतीक पुर्वाधार मन्त्रालयमा समेत पत्र बुझाउन गएका थिए तर मन्त्री नरहेकाले सोमबारको समय दिइएको छ । युवाहरुले सडकका कारण स्थानियवासीको जिवनयापन मात्र नभई आवतजावत गर्ने यात्रु र आगन्तुकलाई समेत जोखिम रहेको तर्फ ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्र बुझाउने समुहमा स्थानिय श्री श्री १०८ मिथिला बिहारी मन्दिर सञ्चालक समितिका सचिव मनोज पुर्वे, पुलचौक युवा क्लवका अध्यक्ष राधे यादव, उपाध्यक्ष किशन साह, लक्ष्मण मण्डल, राहुल साह, शैलेन्द्र यादव, अवधेश यादव, रञ्जित साह र छोटु पुर्वे सहितको उपस्थिती रहेको थियो ।