एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ : जनकपुरधामको श्री महाविर युवा कमिटिको नयाँ कार्यसमिति छान्नका लागि मतदान पक्रिया सुरु भएको छ । कमिटिको निर्वाचनका लागि बनाइएको निर्र्वाचन समिति संयोजक शंकर साहका अनुसार भदौ १२ गते हुने निर्वाचनका लागि भदौ १ र २ गते सदस्यता नविकरण, भदौ ४ गते शुक्रवार उम्मेदवारहरुको उम्मेदवारी दर्ता मनोनयन, ५ गते शनिवार दावी विरोधको र १२ गते निर्वाचन हुनेछ ।
संयोजक साहले निर्वाचन अगाडि उम्मेदवारहरुका लागि एउटा प्रशिक्षणको कार्यक्रम रहेको र सो प्रशिक्षणमा उम्मेदवारहरु अनिवार्य उपस्थिती हुनुपर्ने नभए उम्मेदवारी समेत खारेज हुन सक्ने सम्मको नियन बनाइएको छ । साथै यस अघिको हरहिसाव बाँकी बक्यौता राखेका व्यक्ति उम्मेदवार हुन नपाउने समेत साहले बताए यद्यपि उनी मत खसाल्न सक्ने उनको भनाई छ ।