एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ : प्रदेश नं २ को राजधानी जनकपुरधाम अगाडि बढे संगै यहाँ धमाधम प्रतिष्ठानहरु संचालनमा आउन थालेका छन् । प्रतिष्ठानहरु संचालमा आउने थालेपछि जनकपुरधाममा होटलहरु समेत थपिदै गएको छ । यसै क्रममा जनकपुरधामको बजार र पर्यटकहरुलाई मध्य नजर राख्दै जनकपुरधामको मुख्य आगमण रोड रामानन्दचौक स्थित अस्पतालरोडमा होटल ग्रीन पैलेश एण्ड गेष्ट हाउस सञ्चालनमा आएको छ ।
नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहद्वारा सो होटेल ग्रीन पैलेश एण्ड गेष्ट हाउसको समुद्घाटन गरिएको छ । होटलको समुदघाटन गर्दै नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले सञ्चालनमा आएको यस होटलले सस्तो तथा गुणस्तरीय सुविधा दिने विश्वास व्यक्त गरेका छन् ।
आफ्नै क्षेत्रमा युवाहरु लगानी गर्न थालेको र स्वदेशमा लगानी गरी आफ्नै माटोमा रोजगारीको अवसर प्रदान गर्दै उज्जवल भविष्य निर्माणमा जुटेकोमा युवा नेता समेत रहेका साहले बधाई दिदै धन्यवाद ज्ञापन गरेका हुन । होटेलका संचालक विशाल रायले जनकपुरधाममा होटलको अभाव रहेको समयमा आफुहरु यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने बताए ।