एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ : कान्छा मेयर उदय बरबरिया यादव नेतृत्वको शहिदनगर नगरपालिकामै अव आपतकालिन उपचार सेवा उपलब्ध भएको छ । नगरवासीले यसलाई एतिहाँसिक काम भनेको छ । प्राथमिक स्वास्थ केन्द्र यदुकुहामा आजैदेखी “इमर्जेन्सी सेवा“ संचालन भएको मेयर बरबरियाले बताए ।
अब २४ सै घण्टा यस आसपासका नागरिकले स्वास्थ्य सेवामा आपतकालिन सेवा पनि पाउने छ । शहिदनगरका साथै कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र हँसपुर नगरपालिका सहितका नागरिकले अब यदुकुहामै इमर्जेन्सी सेवा पाउनेछ ।
करिब २ वर्ष अगाडि मैले गरेको प्रतिबद्धता आज पूरा गरेको छु, केही दिन भित्रै यहाँ एक्सरे– भिडियो एक्सरे, आधुनिक ल्याब सेवा समेत थपिनेछ मेयर बरबरियाले भने । उनले अस्पतालको लागि जग्गा दान गर्नुहने दाता समाजसेवी सिताराम यादवको सम्पूर्ण परिवारलाई पुर्णरुपमा निःशुल्क स्वास्थ सेवा प्रदान गर्न निर्देशन दिएको समेत बताए ।
जिल्लाको सदरमुकाम जनकपुरधाम पछि दोस्रो आपतकालिन सेवा शहिदनगरमा सञ्चालन भएको र यस्का लागि डा. जय प्रकाश पन्डित, वडाध्यक्ष नागेन्द्र मण्डल, उपमेयर शिलादेवी कापर, स्वास्थ्य शाखा हाम्रा प्रमुख कपिलदेव अधिकारी, उप प्रमुख राम सिकिल यादव, सम्पुर्ण स्वास्थकर्मी, इलाका प्रहरी कार्यालय यदुकुहा, सशस्त्र प्रहरी बल यदुकुहा सहित सम्पुर्ण नागरिक समाजप्रति उनले आभार प्रकट गरेको छन् ।