एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : आर्थिक अभावका कारण विगत लामो समयदेखि अज्ञात रोगले ग्रसित भएका धनुषाका एक बालकलाई जनकपुरको नवजीवन हस्पिटलले निःशुल्क उपचार गरेको छ ।
जिल्लाको कमला नगरपालिका वडा नं.९ नरहाका मनिष मुखियाको सवै उपचार नवजीवन हस्पिटलले ब्यहोरेको हो । परिवारको आर्थिक अवस्था कमजोर हुँदा मुखिया विगत लामो समयदेखि उपचार पाएका थिएनन् । विभिन्न रोगको लक्ष्ण देखिएका ८ वर्षिय मुखियाको अन्तिममा किड्नीले समेत काम गर्न छोडेपछि उनको स्वास्थ्य अवस्था जटिल बन्न पुगेको थियो ।
सुरुमा ज्वरो देखिएका मुखियाको उपचारमा ढिलाई हुँदै जाँदा शरिर सुनिए । त्यपछि अचेत हुने र किड्नीले समेत काम गर्न छोडेको थियो, नवजीवन हस्पिटलका चिकित्सक संजिव कुमार यादवका अनुसार बालकलाई समयमै यस अस्पतालमा नल्याएको भए उनको अवस्था झन गाह्रो हुने थियो ।