एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० :
जनकपुरको जनकचोकमा सुबिधा सम्पन्न होटल राज घराना एण्ड फेमिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । जनकपुरधामका होटल व्यवसायस्ी शंकर साहले पोने दुई करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।

बुधवार एक समारोहबीच रिबन काटेर होटलको शुभारम्भ गरिएको छ । जनकपुरका अन्य होटलको तुलनामा सस्तो सेवा दिने सञ्चालक साहले प्रतिवद्धता जनाए । उनका अनुसार होटलमा जन्मदिन वा अन्य पार्टी गर्दा शुल्क लाग्ने छैन ।

खाना वा खाजाको पैसा मात्र तिनुपर्छ । साथै होटलमा कोठा बुक गरेर बस्दा खाजा निःशुल्क दिइने समेत साहले बताएका छन् । होटल जनकचौकमै अवस्थित छ ।