एसपी रिपोर्टर
धनुषा, असार १७ : शहिदनगरले छैटौं नगरसभाबाट आर्थिक वर्ष २०७८–०७९ को लागि ५३ करोड ७५ लाख ४३ हजार ८११ रुपैयाँ अनुमानित बजेट ल्याएको छ । सम्पन्न छैटौं नगरसभाबाट स्वास्थ्य शिक्षा, कृषि, सडक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिँदै ५ करोड ७५ लाख ४३ हजार ९ सय ८११ रूपैयाँ बजेट, नीति तथा कार्यक्रम पारित गरिएको हो ।
आर्थिक वर्षमा अधुरो एवम् गौरवका योजनाहरुलाई लक्षित गरिएको हो। नगरका नागरिकलाई प्रत्यक्ष लाभ हुनेगरी ठोस योजनाहरु प्राथमिकतामा राखिएका छन् । शिक्षा, स्वास्थ्यमा बजेट केन्द्रीत गरिएको छ ।

नगर सभा सदस्यहरुमध्ये सबभन्दा जेष्ठ सदस्य बिसुनदेब यादबको प्रमुख आतिथ्य एवम् प्रमूख प्रतिपक्षी दलका मेयरको प्रत्यासी देवेन्द्र कुमार भरखेरको विशिष्ट अतिथि , उपमेयर शिला देवी कापर अतिथि , प्रमूख प्रशासकीय अधिकृत शत्रुघ्न यादवको प्रशंसनीय भूमिकामा सुबिधा सम्पन्न ऐतिहासिक शहर,समृध शहिदनगरको छैठो नगर सभा सम्पन्न छ ।
प्रत्येक वडालाई १ करोड बजेट विनियोजन गरिएको मेयर उदय कुमार बरबरिया यादवले बताए ।