एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ :
नेपाली सेनाले क्लोथ बैंक नेपाल धनुषालाई थप ६० वटा कम्वल हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच मध्य पुर्वी पृतनाका पृतनापती उपरथी सुरेश कार्कीले बैंकलाई ६० थान कम्वल हस्तान्तरण गरेको हो । बैंकका अध्यक्ष राजिव झालाई सो परिमाणको कम्वल प्रदान गरिएको छ ।

यस अघि सेनाले बैंकलाई दुई सय कम्वल सहित कोभिड १९ बाट बच्ने सरसमानहरु समेत उपलब्ध गराएको थियो । तराई मधेशको विपन्न र विभिन्न समस्यामा परेकाहरुलाई बैंकको माध्यमबाट सहयोग होस भन्ने उद्देश्यले सो सहयोग गरिएको कार्कीले बताए ।

कार्यक्रममा वाहिनी २७ र बाहिनी ९ का बाहिनीपतीद्वय हेमराज के.सी. र शिशिरचन्द्र केसी सहित जिसस धनुषाका प्रमुख रामदेव बनरैत यादव सहितको उपस्थिती रहेको थियो ।