एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ : प्रदेश २ मा समेत धान दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । धान उत्पादनमा बृद्वि गरि आयात बन्द गर्ने मुख्य उद्देश्यका साथ यस वर्ष धान दिवसको मुल नारा ‘ “धान उत्पादनमा वृद्वि, खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्वि’ राखिएको छ । सो अवसरमा जनता समाजवादी पार्टी नेपाल प्रदेश नं. २ का नेता तथा प्रदेश सांसद रामअशिष यादवको विशेष सहभागितामा शहिदनगर नगरपालिकाको हठिपुर गाउँमा धान रोपेर १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
सो अवसरमा सांसद यादवले भने, ‘कृषि प्रधान देश नेपालको किसान समृद्ध नभएसम्म प्रदेश र देश समृद्ध हुन सक्दैन ।’ उनले देश र प्रदेशको आर्थिक समृद्धि र आर्थिक विकासका लागि आधुनिक प्रविधिबाट एकिकृत कृषि प्रणालीमा जोड दिनुपर्ने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयोजनमा ग्रामीण क्षेत्र हठिपुर गाउँमा भएको धान रोपाई कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत, जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, परियोजनाका प्रमुख युगलकिशोर तिवारी, जनकपुरधाम उधोग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह, जसपा युवा नेता उमेश निराला, सफल कुर्षक वौएलाल मंडल सहित स्थानीय किसानहरुको उपस्थितिमा खेतमा धान रोपाई तथा दही चुरा र आँप खाएर धान दिवस मनाइएको छ ।