एसपी रिपोर्टर
जनकपुरधाम, असार १२ :
धनुषाको मिथिला विहारी नगरपालिकाले आफना स्वर्गीय वडा अध्यक्ष बिनोद कुमार मण्डलको परिवारलाई पाँच लाख नगद सहयोग गरेको छ । नगर प्रमुख अनिल यादवले नगरपालिकाको वडा नं. ५ को वडा अध्यक्ष स्व. बिनोद कुमार मण्डलको असामायिक र अकल्पनीय निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै उनकी धर्मपत्नी अञ्जली देवी मण्डललाई सम्मानपुर्वक औषधी उपचार र किरिया खर्च वापत रु. पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।

नगरपालिकाले शोकाकुल परिवारलाई सहयोग गरेको प्रति सम्पुर्ण वडा न.५ ललिया गाउँबासी नगरपालिकाको निर्णयलाई सराहनिय भनेका छन् । मेयर यादवले कार्यपालिकाबाट निर्णय गराई सो सहयोग राशी शोकाकुल परिवारलाई राहत स्वरुप प्रदान गरेको हो ।