एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३१ : प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत हँसपुर नगरपालिकामा आज छात्राहरुलाई साइकल वितरण गरिएको छ । नगरपालिकाको समन्वयमा वडा नं. ५ को श्री यादव माध्यमिक विद्यालय बेल्हीमा साइकल वितरण गरिएको छ ।

नगरपालिका प्रमुख तथा जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका मेयर रामज्ञान मण्डलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो वडाका वडा अध्यक्ष शिवशंकर साह, जसपाका नगर संयोजक लालबाबु यादव, जसपा नेता हरिनारायण यादव, नेपाली कांग्रेसबाट मेयरका प्रत्याशी प्रदीप यादव, साइट नेपालका अध्यक्ष अमित शाह, पत्रकार, शिक्षक÷शिक्षिका, अभिभावक, विद्यार्थी, बेल्ही प्रहरी चौकीका प्रमुख लगायत विभिन्न पार्टीका प्रतिनिधिहरु तथा विभिन्न तह तपकाका नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।