एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० :
स्वास्थ्य कार्यालय धनुषालाई २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ ।
एमआइटि ग्रुप फाउण्डेशन अष्ट्रेलियाका संयोजक शेष घले तथा जमुना गुरुङ्गले उपलब्ध गराएका ति अक्सिजन कन्सन्ट्रेटरहरु आइतबार स्वास्थ्य कार्यालय धनुषाका प्रमुख सुरेश यादवलाई हस्तान्तरण गरिएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको रोहबरमा कार्यालय प्रमुख यादवलाई ति सामग्री हस्तान्तरण गरिएको छ । उक्त सामान यहाँसम्म ल्याउन राइन ग्रुपका सञ्चालक सलामत राइन तथा एनआरएन अष्ट्रेलियाका यूथ कोर्डिनेटर इर्शाद अहमद र सरोज मिश्रले अहम भूमिका निर्वाह गरेका छन् ।

आवश्यकता अनुसार उक्त कन्सन्ट्रेटरहरु प्रादेशिकदेखि अन्य अस्पतालहरुमा उपयोग पश्चात फिर्ता लिने गरि सेवा उपलब्ध गराउनसक्ने प्रावधान जिल्ला स्वास्थ्य कार्यालयको जिम्मेवारी अन्तर्गत रहेको छ ।