एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ :
धनुषाका करिव एस सय पचिस विपन्न घर परिवारलाई राहत वितरण गरिएको छ । मैथिल ब्राह्मण महासभा राष्ट्रीय समितिको पहल र नेपाल निषाद संघ केन्द्रिय समितिको सहकार्यमा प्रदेश २ अन्तर्गत प्रथम चरणमा सो राहत वितरण गरिएको महासभाका अध्यक्ष सिडिई भगवान झाले बताए ।

जनकपुरधामको कुवा (रामपुर) मा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, निषाद संघका केन्द्रिय पदाधिकारी बेचन मुखिया, समाजसेवी रामचन्द्र मुखिया, ब्राह्मण महासभाका युवा समिति र पदाधिकारीहरू सहितको उपस्थितीमा सावा सय घर परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको हो ।