एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ : जनकपुर जेसीजको अगुवाईमा जनकपुरधाममा भएको रक्तदान कार्यक्रममा कुल ५१ जनाले रक्तदान गरेका छन् । कोरोना महामारीका बेला ब्लडको अभाव भएर उपचारमा अप्ठेरोे भएको सुने पछि जनकपुर जेसिजले रक्तदानको आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रमको समुदघाटन निवर्तमान महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतोले गरेकी थिइन । जनकपुर जेसिजका अध्यक्ष जेसी मनोज कुमार साहको अध्यक्षतामा भएको रक्तदानमा ५१ जनाले रक्तदान गरेको जेसिजका महासचिव जेसी राज कुमार साहले बताए ।
सो अवसरमा गणेश युवा कमिटिका पूर्व अध्यक्ष संतोष साह, सुरेन्द्र भण्डारी, जनकपुर उद्योग वाणिज्य संघ को पूर्व अध्यक्ष शिवशंकर साह हीरा, जनकपुर जेसीजका पूर्व अध्यक्ष जेसी अजय कुमार प्रसाद, जेसी सुधीर पंजियार, नेपाल जेसीजको राष्ट्रीय उपाध्यक्ष जेसी गौतम साह सहितको उपस्थिती थियो ।





