एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २५ : अघोषित लोडसेडिङ्ग विरुद्ध नेपाल विद्युत प्राधिकरण जनकपुर कार्यालय अगाडी यूवाहरुले प्रदर्शन गरेका छन् । नेकपा एमाले समर्थक युवाहरुले अघोषित लोडसेडिङ्गले जनकपुरबासी समस्यामा पर्ने गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले विद्युत माफिया मुर्दावाद, अघोषित लोडसेडिङ बन्द गर, विद्युत प्राधिकरण मुर्दावाद जस्ता नारा लगाएका छन् । अघोषित लोडसेडिङ्ग बन्द नगरे कडा संघर्ष गर्ने यूवा नेता रकी प्रसाद साहले जानकारी दिए । विद्युत प्राधिकरण जनकपुरका प्रमुख राम प्रमोद साह विरुद्ध केहि युवाहरुले सामाजिक सञ्जाल मार्फत अघोषित लोडसेडिङ्ग नगर्न चेतावनी दिएका थिए ।
त्यसअघि प्राधिकरणले विज्ञप्ती जारी गरि कोरोनाको कहरमा पनि ज्यानको परवाह नगरि कर्मचारीहरु काम गरिरहेको भन्दै फेसबुकमा जथाभावी अपवाह फैलाउने गरि कुनै पनि कर्मचारीको तस्वीर हालेर दुशप्रचार नगर्न अनुरोध आशय सहितको आग्रह गरेको थियो ।
अबउपरान्त त्यसो नगर्ने पनि दुबै पक्ष बिच सहमती भएको छ । आजै भएको दुवै पक्षको छलफलमा प्राधिकरणले विशेष कारणवस लाइन काटदा सुचना दिनुपर्ने र युवाहरुले पनि प्राधिकरणसंग बुझेर मात्र समाजिक सञ्जाल सहितमा प्राधिकरणका सम्बन्धमा केहि पोष्ट गर्ने सहितको सहमती भएको छ ।





