एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २० : मिल्सएरिया युवा कमिटीले जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ११ का ५१ जना विपन्न परिवारलाई राहत समाग्री वितरण गरेको छ । एक कार्यक्रममा बिच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै कमिटीका अध्यक्ष अर्जुन चौधरीको अध्यक्षतामा राहतका सरसमानहरु वितरण गरिएको छ ।

स्थानिय भरभलादमीहरुको समेत रोहबरमा सोहि वडाका व्यापारी र हुनेहरु संग सहयोग संकलन गरि कुल ५१ परिवारलाई राहतका सरसमानहरु जस्तै चामल, दाल, आटा, तेल, आलु, प्याज, सोयाविन सहितका सरसमानहरु वितरण गरिएको कमिटिले जनाएको छ ।