एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २० : जनकपुरधाममा एक सवारी चालक उपर ज्यान लिने गरि आक्रमण भएको आरोप लगाइएको छ । निषेधाज्ञाका बेला स्थानीय प्रशासनद्वारा जारि छुटको समयमा आज बिहान करिब ८ः३० बजे शिव चौकमा जनकपुरधाम वडा नं. २ बस्ने चालक सन्तोष मण्डल माथी संघातिक आक्रमण भएको आरोप छ ।
घाइते मण्डलका अनुसार बिहान जानकीचौकबाट तरकारी किनी घर फर्किने क्रममा शिवचौकमा घात लगाई बसेका वडा नं. २ कै शत्रुघन ठाकुर लोहारका छोरा सुरेश ठाकुर लोहार तथा वडा नं. २ नै बस्ने मोहन मंडल खत्वेका छोरा संजय मंडल खत्वेले उनी माथी ईटा, ढुंगा तथा रडले प्रहार गरेको थियो । मण्डल घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
घाइते मण्डल चढेको मोटरसाइकल भुइँमा पछाडी उनको टाउकोमा छेउमै रहेको खैनी पसलमा राखिएको फलामे रडले प्रहार गरिएकोमा उनले हेल्मेट लगाएको कारण बाँच्न सफल भएको हो । हेल्मेट भने २ टुक्रा भएको स्थानीयको भनाई छ । धनुषा प्रहरी तुरन्त घटना स्थलमा पुगेपछि आरोपित रामचौकबाट पक्राउ परेको बताइएको छ । हमला गर्नेहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले बताएका छन् ।