एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २० : नेपाल बिश्व हिन्दु महासंघ प्रदेश नं–२ ले जनकपुरधाम स्थित कबिर बाल आश्रममा राहत समाग्री प्रदान गरेको छ । कोरोना महामारीको दोस्रो लहरमा सबै नेपाली नागरिकहरुको दैनिकी जनजिवन प्रभावित भईरहेको अवस्थामा अभिभावक विहिन स–साना बालबालिकाको पालनपोषण गरिरहेको आश्रममा महासंघले सहयोग गरेका छ ।
सो संस्था प्रति उत्तरदायित्व वहन गर्दै नेपाल बिश्व हिन्दु महासंघ प्रदेश नं–२ धनुषा द्वारा प्रदेश –२ का वरिष्ठ उपाध्यक्ष चाँदनी झाको अगुवाईमा जनकपुरधाम–८ स्थित कबीर बाल आश्रमका बाल बालिकाहरुका लागि राहत स्वरूप चामल, दाल, तेल, आटा, आलू, स्वायबिन, नून, मसाला, चाऊचाऊ, बिस्कुट तथा साबुन र मास्क केहि दिनका लागि पुग्ने गरी सहयोग गरिएको छ ।

आश्रममा थप सहयोग गर्ने समेत महासंघले जनाएको छ । सो अवसरमा वडा नं. ८ का अध्यक्ष रमेश ठाकुर र वडा नं. ७ अध्यक्ष जानकी राम साहको बिशेष उपस्थितिका साथै महासंघ सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुको समेत उपस्थिती थियो ।