एसपी रिपोर्टर
सबैला, जेष्ठ १९ : नगरपालिकामा बढ्दो भ्रष्टाचार विरुद्ध सर्वदलीय संघर्ष समिति गठन भएको छ । बुधबार सबैला –१०, खरिहानीमा बसेको सर्वदलीय भेलाले जसपा नेता एवम् प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष सुरेश यादवको संयोजकत्वमा संघर्ष समिति गठन भएको हो ।
समितिको सहसंयोजकमा माओवादीका नेता विजय साह, नेपाली काँग्रेसका मिथिला साह, एमालेका धुपनारायण यादव र जसपाका विक्रम यादव लगायत ५१ सदस्य चयन भएका छन् । समितिले सबै वडा र नगरपालिकामा भइरहेको अनियमितता विरुद्ध सशक्त रुपमा आवाज उठाउने र भ्रष्टाचारीलाई कार्वाही गराउन संघर्ष गर्ने सहसंयोजक साहले जानकारी गराए ।
नगर र वडाहरुमा भइरहेको चरम अनियमितता विरुद्ध आवाज नउठाए जनताप्रति बेइमानी हुने हुँदा बाध्य भएर आफ्नै दलका मेयर विरुद्ध संघर्षमा उत्रिनु परेको अर्का संयोजक मिथिला साहले बताए ।





