एसपी रिपोर्टर
सिरहा, जेष्ठ १७ :
जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्वर ७ मा लक्ष्मीनियाँ ग्रिन पार्क बन्ने भएको छ । कल्याणपुर नगरपालिका वडा नम्वर ७ स्थित सार्वजानिक बनलाई सौन्दर्यकरण तथा व्यवस्थित बनाउने उद्देश्यले पार्क निमार्ण भइरहेको छ । एक कार्यक्रमका बिच प्रदेश २ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण राज्य मन्त्री सुरेश मण्डलले सो कार्यको शिल्यान्यास गरेका छन् ।

राज्यमन्त्रीको पहलमा मन्त्रालयबाट बिनियोजित २५ लाखको लागतमा लक्ष्मीनियाँ ग्रिन पार्कको निमार्ण हुन लागेको वडाका यूवा नेता दिपेन्द्र यादवले बताए । उनका अनुसार कमदा नदी पिकनीक स्पोटको रुपमा बिकास भइरहेका बेला निर्माण हुन लागेको यस पार्कले यस क्षेत्रलाई नै पर्यटकीय हिसावले अगाडि बढाउन मद्दत मिल्ने बताए ।

पार्क निर्माणका काम एक महिना भित्रैमा सम्पन्न हुने योजना छ । पार्क भित्र पोखरी, गोलघर, सोनिया माता मन्दिर, वाल निमार्ण तथा वैठक घरको निमार्ण गरिने छ । उक्त शिल्यान्यास कार्याक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष दिपेन्द्र बरवरिया यादव, बडा नं. ६ का वडा अध्यक्ष प्रत्यासी कुुसेश्वर पजियार लगायत स्थानिय वासीहरुको उपस्थिति रहेको थियो ।

त्यसै गरि राज्यमन्त्री मण्डलले जिल्लाकै कल्याणपुर नगरपालिका वडा नं. ४ र ५ को मध्य स्थित धार्मिक आस्थाको केन्द
नौका बाबा स्थानमा धर्मशाला निमार्ण कार्यको समेत शिल्यान्यास गरेका छन् । कुल २० लाखको लागतमा नोजाबाबा स्थानमा धर्मशाला निमार्ण हुने लागेको हो ।

स्थानमा आउने भक्तजन तथा साधुसन्तहरुको सुविधालाई मध्येनजर गर्दै धर्मशाला निमार्ण हुन लागेपनि स्थानिय खुसी भएका छन् । धर्मशाला निमार्णका लागि प्रदेश २ अर्थ मन्त्रालयका सचिव रामप्रमोद यादवले जग्गा उपलव्ध गराएका हुन् ।