सुमन साह
जनकपुरधाम, जेष्ठ १७ :
कोरोना कहरका बिच ग्रामिन भेगमा समेत रक्तदान गरिएको छ । सबैला नगर युवा सञ्जालको आयोजनामा सबैला नगरपालिकाको सबैला बजारमा आयोजित रक्तदान कार्यक्रममा कुल ३५ जना स्थानिय तथा युवा र प्रहरीले रक्तदान गरेको सञ्जालका अध्यक्ष पत्रकार सुरेश यादवले बताए ।

कोरोना महामारीमा उपचारको अभाव र उपचार भइरहेकालाई रक्तअभावको पिडा रहेकोल त्यसमा केहि भएपनि मलम लगाउने प्रयास स्वरुप रक्तदानको आयोजना गरिएको यादवले बताए । उनले रक्तदान आयोजनामा सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् ।