एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ५ : समाज सेवाका लागि स्थापित राम सति देवि असर्फी साह सेवा प्रतिष्ठानका अध्यक्ष डा. अजय साहले बैंकको कोभि–१९ केयर अभियानको सराहना गर्दै अक्सिजन बैंकमा रु २५ हजार सहयोग गरेका छन् । जनकपुधामका चर्चित डेन्टिष्ट समेत रहेका डा. साहले आफनो अग्रज हजुरबुवा/हजुरआमाको नाउँमा स्थापित प्रतिष्ठानले समय सान्दर्भिक विभिन्न समाजसेवाको काम गर्दै आएकाले सो सहयोग गरेको बताए ।

नेपाल डेन्टल एशोसिएशनका केन्द्रिय उपाध्यक्ष समेत रहेका डा. साहले क्लोथ बैंकको अभियान वास्तवमै परोपकारी रहेको बताउछन् । उनले समाजिक संस्थाहरु यस्ता विषम परिस्थितीमा अगाडि आउनै पर्ने बताएका छन् । बैंकको निःशुल्क कपडा वितरण सहित अहिलेको विषम परिस्थतीमा गरिरहेको कार्य उत्तम रहेको उनको भनाई छ । उनले प्रतिष्ठान द्वारा निःशुल्क एम्बुलेन्स सेवा समेत चलाई रहेको बताए ।

एम्बुलेन्स सेवा कोभिड बिरामीको लागि जनकपुरधाम उपमहानगरपालिका भित्र निःशुल्क प्रदान भइरहेको जानकारी गराएका छन् । जरुरी परेका वेला एम्बुलेन्स चालक राजतपी यादवलाई ९८०१६०९०८९ नम्वरमा सम्पर्क गर्न सकिने उनले बताए ।