एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ५ :
विभिन्न संस्थाहरुमा समेत क्रियाशिल नेपाल वैश्य युवा संघ प्रदेश २ का अध्यक्ष राजु कुमार साहले परोपकारी संस्था क्लोथ बैंक नेपाललाई २५ हजार सहयोग गरेको छ । बैंकको कोभि–१९ केयर अभियानको सराहना गर्दै आफु स्वयम पनि अभियानमा सहभागी भएका साहले बैंकको अक्सिजन बैंकमा रु २५ हजार सहयोग गरेका हुन ।

नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ जिल्ला कार्यसमिति महोतरी, धनुषा, सिराहा र सप्तरीका अध्यक्ष र जनकपुर जेसिजका कानुनी सल्लाहकार साह क्लोथ बैंकको अभियान वास्तवमै परोपकारी रहेको बताउछन् । उनले समाजिक संस्थाहरु यस्ता विषम परिस्थितीमा अगाडि आउनै पर्ने बताएका छन् । साह बैंकका अध्यक्ष राजिव झा संगै काठमाण्डौं गएर संक्रमितका लागि आवयश्क पर्ने ‘हाई फलो नोजेल क्यानुला’ ल्याउने कार्यमा समेत सक्रिय भए ।