एसपी रिपोर्टर
जनकपुरधाम, असोज २१ : आज विहान बसेको गठबन्धन बैठकमा जसपा अनुपस्थिती भएसंगै एमाले र जसपाको चुनावी तालमेल विहिवार राती नै भइसकेको स्पष्ट भएको छ । एक पक्षलाई बहिष्कार गर्नुले जसपाले एमालेसंगको तालमेल राजेको स्पष्ट भएको छ ।
जसपा स्रोतका अनुसार मधेश प्रदेशमा आधा भन्दा एक दुई सिट थप र अन्य प्रदेशमा समेत केहि सिटमा मित्रवत प्रतिस्पर्धाका लागि एमाले तयार भएपछि जसपाले एमाले रोजेको बताइन्छ । मौखिक सहमती भइसकेको तर औपचारिक घोषणा अन्तिम समयमा मात्र गर्ने दुवै दलको आन्तिरक रणनिति छ ।
एमालेले राप्रपालाई पनि तालमेलमा ल्याउन अन्तिम प्रयास गरिरहेको छ । जनमत पार्टीलाई पनि मिलाउन प्रयास भइरहेको एमाले स्रोतको भनाई छ ।