एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २० :
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा सञ्चालनमा रहेका पानी जहाजबारे जिज्ञासा राख्दै जवाफ मागेका छन्।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले पानी जहाज कार्यालयका अधिकारीहरूलाई सोधेका थिए, “नेपालमा यातायातका रूपमा कति पानी जहाज चल्छन्?”

श्रेष्ठले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मा पानी जहाजको टिकट काट्न भनेको प्रसंग स्मरण गर्दै त्यसको वैधता बाँकी छ कि छैन भन्ने प्रश्न समेत उठाए।

हाल नेपालमा पानी जहाज कार्यालय स्थापना भइसकेको छ, र सरकारले पानी जहाजसम्बन्धी ऐन संशोधन विधेयक अघि बढाइरहेको छ।