एसपी रिपोर्टर
काठमाणडौँ फागुन १८ : राष्ट्रिय सभाले आइतबारको बैठकमा चार विधेयक पारित गरेको छ।
नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक हो, जसलाई अब प्रतिनिधि सभामा पठाइनेछ।त्यसैगरी, राष्ट्रिय सभाले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, र विधायन सम्बन्धी विधेयक पुनः पारित गरेको छ।यी तीन विधेयक यसअघि प्रतिनिधि सभाले पारित गरेर फिर्ता गरेको थियो। पुनरावलोकनपछि राष्ट्रिय सभाले आइतबार ती विधेयकहरू पुनः पारित गरेको हो।
संविधान अनुसार, एउटा सभामा उत्पन्न विधेयक अर्को सभाले पारित गरेपछि फिर्ता आउँछ। संशोधन स्वीकार भइसकेपछि सदन प्रमुखले प्रमाणित गरी राष्ट्रपतिकहाँ पठाउँछन्। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ती विधेयक ऐनका रूपमा लागू हुन्छन्।



