एसपी रिपोर्टर
काठमाणडौं, फागुन १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन्।
राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोहमा आइतबार सम्बोधन गर्दै उनले युवाको महत्त्व मनन गर्न आग्रह गरे। युवाको चौतर्फी विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नैतिकवान, क्षमतावान, र देशभक्त युवा तयार गर्न राष्ट्रिय सेवा दल स्थापना गरिएको बताए।प्रधानमन्त्री ओलीले राष्ट्रलाई आवश्यक परेको बेला निःस्वार्थ सेवा गर्ने राष्ट्रिय सेवा दल र नेपाली सेनाको योगदानको प्रशंसा गर्दै उनीहरूलाई आभार व्यक्त गरे।


