एसपी रिपोर्टर
जनकपुरधाम, चैत २५ : भनिन्छ पैसाले कसैलाई चिन्दैन र कसैको मन भर्दैन । जो संग जती पैसा हुन्छ उस्मा त्यतीनै पैसा थप्ने रहर र जुनुन पनि हुन्छ । पैसाले मन नभरेकै कारण यस्तो जोखिमका बेला एक प्रतिष्ठित व्यक्ति प्रहरीको फन्दामा परेका छन् । ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्दै गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल प्रहरीको फन्दामा परेका छन् । उनलाई कुनै पैसाको अभाव पनि छैन न त उनी सधारण मान्छे नै हुन । जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि रहेका अग्रवाल तिन हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयामा बिक्री गर्दै गर्दा उनी पक्राउ परेका हुन ।
शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो । त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो । मंगलबार दिउँसो नक्सालमा ६७ वटा थर्मल गन बिक्री गर्न लाग्दा उनी प्रहरीको फन्दामा परे ।
गाडी र पदको दुरुपयोग गरि पैसा कमाई

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडी दुरुपयोग गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताए । प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद गरेको छ । घरमा बस्नु पर्ने समयमा पैसाको लोभका कारण अग्रवाल अहिले अपराध महाशाखामा छन् । एसएसपी थापाले भने, ‘थर्मल गन बाहेक अन्य स्वास्थ्य सामग्रीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ अग्रवालले कालोबजारी गरेकोले पक्राउ गरिएको महाशाखाका प्रमुख थापाले बताए । अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन् । साथै उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन् ।
अग्रवालको घरमा प्रहरीको छापा तर समान भेटेन
एता पक्राउ परेका अग्रवालको घर र कार्यालयमा प्रहरीले छापा समेत मारेको छ । कालोबजारी गरेर थर्मल गन (थर्मोमिटर) विक्री गर्न लागेको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन चलाएर अग्रवाललाई पक्राउ गरेको थियो । लगत्तै महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याएपछि उनको घर र कार्यालयमा प्रहरीले छापा मारेको हो । महाशाखाको विशेष टोलीले नक्सालस्थित शंकर ग्रुपको भवन र बालुवाटारमा रहेको अग्रवालको निवासमा छापा हानेको थियो । तर, दुबै स्थानमा प्रहरीले मेकिडल सामग्री फेला पार्न नसकेपछि रित्तो हात फर्किएको स्रोतले जनाएको छ । शनिबार अग्रवालसहितको समूहले चीनवाट ल्याएको ७.५ टन स्वास्थ्य सामग्री कहाँ र कुन अवस्थामा छ भने छानविनका लागि प्रहरीले घर र कार्यालयमा छापा हानेको हो । तर, उनले ती सामग्री लुकाएको स्थान प्रहरीले हालसम्म भेट्टाउन सकेको छैन । खरिद सामग्रीमध्ये केही सामान भने अग्रवालले विभिन्न सप्लायर्सलाई बिक्री गरिसकेको स्रोतले बतायो । उनीविरुद्ध कालोबजारी ऐनअनुसार म्याद थप गरी कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीको भनाई छ ।