एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २० : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले तराई मधेशका जनता विभिन्न पिडाले तडपीरहेको भएपनि तिनै तहको सरकार निरिह बनेको आरोप लगाएको छ । लोसपाको मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘मधेशमा बढेको अत्याधिक गर्मी हवाहुरीले गर्मी बढदो छ भने पानीको सतह सुकेर दिनानुदिन तल झर्दै छ, गर्मी र आगलागीबाट जिउनका लागि चाहिने गाँस, बास कपास र अति आवश्यक प्राकृतीक पिउने पानी पनिको पनि हाहाकार हुँदा समेत सरकारको आभाष हुन सकेको छैन ।’
चुरे संरक्षण तथा व्यवस्थापनको अभाव, चुरेमा अनियन्त्रित बसोबासले गर्दा ऋृतुसंगै तराई मधेशमा प्राकृतिक प्रकोप बढने विषयमा लोसपाले सम्बन्धित निकायलाई जानकारी गराँउदा समेत गम्भिरता नदेखाउनु सरकारको उदासिनता रहेको विज्ञप्तीमा उल्लेख छ ।
पिडामा रहेका गाँउ समुदायमा राहत, खाद्यान्न, औषधी उपचारको यथोचित व्यवस्थापन हुन नसक्नु एकदमै दुःखद रहेको भन्दै लोसपाले पिडितहरुलाई राहत र मधेशको दक्षिणी क्षेत्र लगायत अन्य भु भागहरुमा पिउने पानीको समस्या समाधान गर्न संघ, प्रदेश र स्थानिय सरकारसंग मांग समेत गरेको छ ।